हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन
काठमाडाैं | कात्तिक २५, २०८१
काठमाडौं: हवाई भाडामा भएको महँगी नियन्त्रणको माग गर्दै आज नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
टिकट महँगिएकाले मुलुकको नागरिक उड्डयन र पर्यटन क्षेत्रमा असर परेको भन्दै सांसद बजगाईंको नेतृत्वमा ब्यानर र प्लेकार्टसहित प्रदर्शन गरिएको हो ।
महङ्गो हवाई भाडा दर घटाउने उपाय खोज्न ध्यानाकर्षणका लागि दबाबस्वरूप प्रदर्शन गरिएको सांसद बजगाईंले बताउनुभयो ।
नेपालमा हवाई भाडा महँगो हुँदा रोजगारीका सिलसिलामा विभिन्न देश जानुपर्ने मानिसहरू भारत हुँदै जान थालेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
सांसद बजगाईंले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण व्यवस्थापन र प्रभावकारी सञ्चालनका लागि साङ्केतिक दबाबका लागि पनि प्रदर्शन गरिएको बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढेपछि शनिबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिएको मात्रै हवाई भाडा लिन र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन निर्देशन दिएको थियो ।
हवाई भाडा नियन्त्रणका सम्बन्धमा प्राधिकरण, अन्तर मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूको बैठकले पाँचबुँदे सहमति गरेको थियो ।
यही कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माणको कार्य सुरु भएको छ । उडान समय कटौती भएपछि एयरलाइन्सहरुले महङ्गो हवाईभाडा लिएको गुनासो आइरहेको छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

